कपिलवस्तुमा अनिश्चितकालीन निषेधाज्ञा जारी

No ads found for this position
No ads found for this position

कपिलवस्तु । कपिलवस्तुमा आज दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जर्नदन गौतमले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताए ।

उनले कपिलवस्तुको विभिन्न क्षेत्रमा भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३)(क) बमोजिम निषेधाज्ञा आदेश जारी गरिएको जानकारी दिए ।

उनका अनुसार निषेधाज्ञा लागु गरिएका क्षेत्रहरूमा पूर्वमा लबनी चोक, पश्चिममा बर्दघाटको पुल, उत्तरमा पचेहरा चोक र दक्षिणमा धर्मभक्त माध्यमिक विद्यालय, भनी क्षेत्रभित्र कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पाइने छैन ।

प्रमुख जिल्ला अधिकारी गौतमले निषेधाज्ञा आदेशको उल्लङ्घन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही समेत गरिने बताए।

जिल्लाको महाराजगन्ज बर्गदामा भएको घटनामा कुल २३ जना घाइते भएको प्रहरी बताएको छ । प्रहरीका अनुसार नेपाल प्रहरीतर्फ प्रहरी निरीक्षक सहित ११, सशस्त्र प्रहरीका ६ जना प्रदर्शनकारीतर्फ ६ जना घाइते भएका थिए।

सोही क्रममा चार जनालाई गोली लागेको थियो । घाइते मध्ये चारको भैरहवा, एकको भरतपुर र एक जनाको बहादुरगन्ज अस्पतालमा उपचार भइरहेको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *