घानामा ‘माइक्रोलाइट’ विमान दुर्घटना हुँदा २ जनाको मृत्यु
No ads found for this position
No ads found for this position
काठमाडौं । घानाको पूर्वी बन्दरगाह शहर टेमामा एक माइक्रोलाइट विमान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
घाना राष्ट्रिय अग्नि निवारण सेवा, टेमा क्षेत्रका प्रवक्ता एबेनेजर येन्जुले उक्त घटनाको पुष्टि गरेका हुन् ।
येन्जुका अनुसार बन्दरगाह सहरको ‘कम्युनिटी १’ स्थित ‘टेमा मेट्रोपोलिटन एसेम्बली नर्सरी ३’ विद्यालयको प्राङ्गणमा विमान दुर्घटनाग्रस्त भएको थियो ।
प्रवक्ताले केही प्रत्यक्षदर्शीहरूको सहयोगमा अग्नि निवारण टोलीले करिब पाँच मिनेटभित्रै आगो निभाउन सफल भएको जानकारी दिए । विमान दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रवक्ताले बताए ।
प्रतिक्रिया


