७ देशले हर्मुज जलडमरुमा जहाजलाई सुरक्षा दिन ट्रम्पको माग

No ads found for this position
No ads found for this position

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको तेलमा अत्याधिक निर्भर रहेका करिव सात देशहरूसँग हर्मुज जलडमरु हुँदै जाने पानीजहाजहरूलाई सुरक्षा दिन एउटा गठबन्धनमा सामेल हुन माग गरेका छन् ।

यो जलडमरु विश्वको करिव २० प्रतिशत तेल ओसारपसार हुने प्रमुख जलमार्ग हो । ट्रम्पले ह्वाइट हाउसले वार्ता गरिरहेका ती देशहरूको नाम भने खुलाउनुभएन । तर ती देशहरू यस क्षेत्रको तेलमा अत्यधिक निर्भर रहेको बताए । सोही दिन फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा अमेरिकी राष्ट्रपतिले नेटो सदस्य राष्ट्रहरूले हर्मुज जलडमरु खुलाउन युद्धपोतहरू पठाउनुपर्ने बताए ।

अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलले जनाएअनुसार ह्वाइट हाउसले यसै साता बहुराष्ट्रिय गठबन्धनको घोषणा गर्ने योजना बनाएको छ ।

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले बिहीबार आफ्नो पहिलो सन्देशमा हर्मुज जलडमरुलाई निरन्तर बन्द राख्न आह्वान गरेका थिए ।

खामेनीले अमेरिका र इजरायलविरुद्धको द्वन्द्वमा नयाँ मोर्चाहरू खोल्ने वाचा पनि गरे । अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि ठूलो आक्रमण गरेका थिए । यसले विश्वव्यापी पानीजहाज आवागमन अवरुद्ध भएको छ । जसका कारण विश्व अर्थतन्त्र डगमगाएको छ र तेलको मूल्य आकाशिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *