चिनियाँ कृषि ड्रोन बेलायतमा लोकप्रिय बन्दै

No ads found for this position
No ads found for this position

एजेन्सी । बेलायतमा चिनियाँ कृषि ड्रोनहरू निकै लोकप्रिय भइरहेका छन् । विश्लेषकहरूका अनुसार पाँच वर्ष भित्र हजारौं बेलायती किसानहरूले ड्रोन प्रयोग गर्ने अवस्थामा पुग्नेछन् ।

लिभरपुल नजिकैको सानो फार्ममा काम गरिरहेका ड्रोनहरूले पोलिथिनबाट बनेका सुरुङहरू सफा गरिरहेका पनि देखिन्छ ।

अटोस्प्रे सिस्टम्सका सीईओ रोबर्ट पियर्सन भन्छन्,‘ प्रत्येक वर्ष आफ्नो पोलिथिन सफा गर्न, किसान र वातावरण दुवैको लागि ड्रोन उपयुक्त हुनेछ ।

ड्रोनले बालीहरूको निगरानी गर्न र केही अवस्थामा बीउ रोप्न पनि सक्नेछन् । केही मिनेटमा सयौं बीउ खसाल्दै वन उब्जाउन पनि मद्दत गर्न सक्नेछ ।

ड्रोनहरूले लागत घटाउने र उत्पादकता सुधार गर्ने अपेक्षा गरिएको छ । ड्रोन प्रयोगकै कारण ब्रिटिस अर्थतन्त्रमा २ अर्ब डलर थपिने अपेक्षा गरिएको छ । -सीसीटीभीप्लस

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *