भक्तपुरमा इन्सास राइफल र गोलिसहित एक पक्राउ
No ads found for this position
No ads found for this position
काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ भुम्डोलबाट इन्सास राईफलसहित एक जना पक्राउ परेका छन् । उनलाई सशस्त्र प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका ३१ वर्षीय आयन सेढाई गोरखा जिल्ला पालुङटार नगरपालिका-९ घर भई हाल भक्तपुर बस्तै आएको प्रहरीले जनाएको छ । सेढाईको कोठाबाट उक्त हतियार बरामद गरिएको हो ।
राइफलसहित एसएलआरको ४ थान गोलि, २ वटा प्लाष्टिक राउण्ड, सर्ट गनमा लाग्ने १ राउण्ड र एउटा खुकुरी त्यसको २ वटा दाप, एउटा बञ्चरो र ५ वटा सिरिन्ज पनि प्रहरीले नियन्त्रणमा लिएको छ। हतियार भदौ २३-२४ को जेनजी आन्दोलनमा लुटिएको आशंका गरिएको छ।
प्रतिक्रिया


