वेस्ट इन्डिजलाई हराउँदै भारत टी-२० विश्वकपको सेमिफाइनलमा

No ads found for this position
No ads found for this position

काठमाडौं। भारत आइसिसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कोलकातास्थित इडेन गार्डेन्स मैदानमा आइतबार राति भएको खेलमा भारतले वेस्ट इन्डिजलाई पाँच विकेटले हरायो । यस नजितासँगै विश्वकपको सेमिफाइनल समिकरण पूरा भएको छ ।

यसअघि इङ्ल्यान्ड, दक्षिण अफ्रिका र न्युजिल्यान्डले सेमिफाइनलमा स्थान बनाईसकेको छ । अब सेमिफाइनलमा भारतले इङ्ल्यान्ड र दक्षिण अफ्रिकाले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

जितका लागि एक सय ९६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको भारतले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा एक सय ९९ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

भारतका लागि सन्जु सामसनले उत्कृष्ट ब्याटिङ गरे । अविजित ९७ रनको अर्धशतकीय इनिङ्स खेल्नुभएका सामसनले ५० बलमा १२ चौका चार छक्का हाने ।

यस्तै तिलक वर्माले २७, कप्तान सूर्यकुमार यादवले १८, हार्दिक पाण्डेयले १७ तथा अभिषेक शर्मा‌ र इशान किशनले समा १०, १० रनब नाउनुभयो ।बलिङमा वेस्ट इन्डिजका जसोन होल्डर र शमर जोसेफले दुई दुई तथा अकेल हुसेनले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ९५ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि रस्टन चेजले सर्वाधिक ४० रन बनाए ।

यस्तै जसोन होल्डरले अविजित ३७, रोभम्यान पावेलले अविजित ३४, कप्तान साई होपले ३२, सिमरन हेटमायरले २७ र शेर्फेन रदरफोर्डले १४ रन बनाए । बलिङमा भारतका जसप्रित बुमराहले दुई तथा हार्दिक पाण्डेय र वरुण चक्रवर्तीले एक एक विकेट लिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *