सुनको मूल्यमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार

No ads found for this position
No ads found for this position

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार ४ हजार २ सय रुपैयाँले बढेर एक तोला सुनको भाउ २ लाख ८२ हजार कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो।

यसअघि आइतबार एक तोला सुनको मूल्य २ लाख ७७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ। महासंघका अनुसार यसदिन प्रतितोला चाँदी ५ हजार ८१० रुपैयाँ पुगेको छ। आइतबार प्रतितोला चाँदी ५ हजार ६२५ रुपैयाँमा खरिदबिक्री भएको थियो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *