२ करोडको इलेक्ट्रिक चुरोटसहित १ जना पक्राउ

No ads found for this position
No ads found for this position

काठमाडौं । मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका–४ नेचुङ्गबाट २ करोड २४ लाख ५९ हजार ३२० रुपियाँ बराबरको इलेक्ट्रिक चुरोटसहित पेमा लामा पक्राउ परेका छन् ।

पक्राउ परेका ३२ वर्षीय लामा सुनकोशी गाउँपालिका- ५ सिन्धुपाल्चोकका रहेको प्रहरीले जनाएको छ ।

ना ६ ख ७५९१ नम्बरको कन्टेनरमा तीन–चार दिनअघि चीनबाट अवैध रूपमा ल्याई नेपाल–चीन सीमाको कोरोला नाका नजिक गाडीमा लोड गरिएको ८० कार्टुन इलेक्ट्रिक चुरोटसहित लामा र कन्टेनरका चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट नेचुङ्गका नायव निरीक्षक उदयबहादुर कुमालको कमाण्डमा खटिएको सुरक्षा फौज, मुस्ताङ भन्सार कार्यालय, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिहरूको संयुक्त टोलीले लामालाई कन्टेनरसहित नियन्त्रणमा लिएको हो ।

बरामद इलेक्ट्रिक चुरोट मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको छ । नियन्त्रणमा लिईएका लामालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय छोसेरमा पठाइएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *