सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा, एकैदिन ५ हजार ५ सयले बढ्यो
No ads found for this position
No ads found for this position
काठमाडौं। सुनको मूल्यले आज ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाली बजारमा मंगलबार एकैदिन ५ हजार ५ सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज ५ हजार ५ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य २ लाख ६७ हजार २सय कायम भएको हो। अघिल्लो दिन सोमबार १ तोला सुनको मूल्य २ लाख ६१ हजार ७ सय पुगेको थियो।
यस्तै चाँदीको भाउ पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। महासंघका अनुसार आज १५ रुपैयाँले बढेर एक तोला चाँदीको भाउ ४ हजार २५५ कायम भएको छ। सोमबार सोही परिमाणको चाँदी ४ हजार २३५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
प्रतिक्रिया


