अतिक्रमण भएका १ हजार ८ सय ५९ रोपनी जग्गा फिर्ता हुन्छन्: बालेन शाह

No ads found for this position
No ads found for this position

काठमाडौं । काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरले १ हजार ८ सय ५९ रोपनी सार्वजनिक जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य राखेको बताएका छन् ।

काठमाडौं महानगरपालिकाले सोमबार टुँडिखेलमा आयोजना गरेको महानगर दिवसको अवसरमा आयोजित समारोहमा उनले २ खर्ब मूल्य बराबरको उक्त जग्गा फिर्ता गराउने लक्ष्य राखेको बताए ।

उनले आफूहरू निर्वाचित भएर आएपछि २३ अर्ब रुपैयाँ मूल्य बराबरको २ सय ८ रोपनी बढी सार्वजनिक जग्गा फिर्ता गरेको जानकारी गराए । सार्वजनिक जग्गा फिर्ता ल्याउने कार्यमा सबैको सहयोग रहने उनले उनको अपेक्षा छ ।

उनले महानगरले २ अर्ब ८६ करोड रुपैयाँ बराबरको पूर्वाधार योजना सम्पन्न गरेको जानकारी गराए । धुलोरहित कार्यक्रम अन्तरगत ५५ वटा सडक सुधार र ६२ वटा चोकमा हाई मास लाइट जडान गरिएको उनले बताए ।

सडकबत्तिको गुणस्तर वृद्धि गर्न र रात्रि कालिन सहरी सौन्दर्य बढाउन ५ हजार तीन सय १८ वटा पोलमा १३ हजार ३ सय ४० वटा बत्ती राखेर सहरलाई उज्यालो बनाउन लागिएको उनले जानकारी गराए । उनले महानगरले करिब ९१ करोड लागत बराबरको सम्पदा संरक्षणमा काम गरिएको बताए ।

महानगरले १ हजार ८६ जना विपन्न नागरिकलाई उपचार गर्न सिफारिस गरेको र २१० जनालाई निःशुल्क उपचार गरिएको उनको भनाइ छ ।

उनले महानगरले चालु खर्च कम र पुँजीगत खर्च बढी गर्नेगरि काम गरिरहेको जानकारी दिए । महानगरले वातावरण सुधार, धुलोरहित सडक, फोहोर व्यवस्थापन, व्यवस्थित र उज्यालो सहर निर्माणलाई विशेष प्राथमिकतामा राखेर कार्य गरिरहेको उनको भनाई छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *