सुन-चाँदीको मूल्य घट्यो
No ads found for this position
No ads found for this position
काठमाडौं । सुनको मूल्य आज १९ सय रुपैयाँले घटेको छ। आइतबार २ हजार ९ सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार १९ सयले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १ हजार ९ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ४२ हजार ७ सय कायम भएको छ। आइतबार सोही परिमाणको सुन २ लाख ४४ हजार ६ सयमा खरिदबिक्री भएको थियो।
यसैबीच चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार प्रतितोला चाँदी ३ हजार ११५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आइतबार चाँदीको मूल्य ३ हजार १३५ रुपैयाँ कायम भएको थियो।
प्रतिक्रिया


