३ हजार ८ सयले घट्यो सुनको मूल्य

No ads found for this position
No ads found for this position

काठमाडौं । आज नेपाली बजारमा सुनको  मूल्य आज ३ हजार ८ सय रुपैयाँले घटेको छ । हिजो (सोमबार) ५ सय रुपैयाँले घटेको सुन मंगलबार ३ हजार ८ सयले घटेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार ३ हजार ८ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ३९ हजार ५ सय कायम भएको छ । सोमबार एक तोला सुन २ लाख ४३ हजार ३ सयमा खरिदविक्री भएको थियो ।

सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ । आज एक तोला चाँदी ३ हजार ९० रुपैयाँमा खरिदविक्री भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी ३ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *