नेपाल प्रिमियर लिगको तयारी पूरा, खेल राति पनि हुने

No ads found for this position
No ads found for this position

काठमाडौं । मंसिर १ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको तयारी पूरा भएको छ ।

नेपाली क्रिकेट संघ (क्यान)ले आज पत्रकार सम्मेलन एनपीएलको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।

पहिलोपटक एनपीएल फ्लडलाइटमुनि हुन लागेको छ । पहिलो संस्करण भव्य भएको र दोस्रो संस्करणलाई अझै भव्य बनाउने योजना अनुसार डे नाइट म्याच गराइएको क्यानका सचिव पारस खड्काले बताए ।

एनपीएल दोस्रो संस्करणको विजेताले १ करोड १० लाख राशिको पुरस्कार पाउने छ। उपविजेताले ५१ लाख, तेस्रोले २५ लाख र चौथोले १५ पाउने छ ।

खेल मंसिर २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा हुने छ । क्यानले एनपीएललागि अग्रिम टिकट बिक्री सुरु गरिसकेको छ ।

क्यानका अनुसार ओपनिङ डे र शनिबारका खेलका लागि जनरल टिकटको मूल्य रु ५०० र प्रिमियम टिकटको मूल्य रु १,५०० तोकिएको छ। त्यस्तै, साप्ताहिक दिनमा हुने खेल हेर्न जनरल टिकट रु ५०० र प्रिमियम टिकट रु १,००० पर्ने छ।

यसबाहेकका सबै खेल हेर्न चाहने दर्शकका लागि विशेष सिजन पासको व्यवस्था गरिएको र जसको मूल्य रु १५,००० तोकिएको क्यानले जनाएको छ। उक्त पासमार्फत प्रतियोगिताका सबै खेल हेर्न सकिनेछ।

टिकट बिक्रीका लागि ‘खल्ती बाइ आईएमई’ लाई अधिकृत साझेदार बनाइएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *