मध्यस्थतामा वैकल्पिक दल निर्माणका लागि बाबुरामको प्रयास, को-को थिए सहभागी ?

No ads found for this position
No ads found for this position

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बुधबार मध्यस्थतामा विभिन्न वैकल्पिक दल, समूह र अभियन्ताबीच नयाँ राजनीतिक शक्ति निर्माणका लागि छलफल गरेका छन्।

जेनजी विद्रोहपछि देशको राजनीतिक परिदृश्यमा देखा परेको परिवर्तन र वैकल्पिक सोच सहित उनले नयाँ राजनीतिक ध्रुवीकरणको प्रयास गरेका हुन्।

छलफलमा विघटित नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा र सुदन किराँती, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी), विवेकशील साझा पार्टीकी अध्यक्ष समिक्षा बाँस्कोटा, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक दुर्गा सोब, नेसपा नयाँ शक्तिकै नेतृ मानुषी यमि भट्टराईलगायत सहभागी थिए।

छलफलमा भ्रष्ट र जनअपेक्षा पूरा गर्न असफल भएका पुराना दलहरूविरुद्ध वैकल्पिक विचार र सोच भएका सबै शक्ति एक ठाउँमा आउनुपर्छ भन्ने निष्कर्ष भएको एक नेताले बताए ।

छलफलमा जनार्दन शर्मा फरक दृष्टिकोणका साथ प्रस्तुत भएको भएका थिए। शर्माले जेनजी परिवर्तनको मर्म आत्मसात् गरेर नयाँ वैकल्पिक शक्ति निर्माणमा सबै मिलेर अघि बढ्नुपर्ने धारणा राखेका थिए।

रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्यालले सरकारप्रति असन्तुष्टि जनाएका थिए। अर्यालले नयाँ वैकल्पिक शक्तिहरूबीच सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *