पहिरो र लेदोका कारण बिपी राजमार्ग दुईतर्फी अवरुद्ध
No ads found for this position
No ads found for this position
बनेपा। बिपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले वर्षासँगै आएको लेदोका कारण बिपी राजमार्ग दुईतर्फी रुपमा नै अवरुद्ध भएको जनाएको छ ।
बिहीबारदेखि परेको अविरल वर्षासँगै राजमार्गको चौकीडाँडा, चार सय बेसी, डालाबेसी, बिरुवा डाँडा बोक्सीकुना, नार्केलगायतको स्थानहरूमा पहिरो तथा लेदो खसी दुईतर्फी रुपमा सडक अवरोध भएको छ ।
अवरुद्ध सडक सुचारु गर्नका समय लाग्ने प्रहरीले बताएको छ ।
प्रतिक्रिया


