आज रातिदेखि ३ दिन वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

No ads found for this position
No ads found for this position

काठमाडौं। आज (सोमबार) रातिदेखि बुधबार बिहानसम्म ३ दिन देशको विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायूको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेकाले ३ दिन देशको विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले विशेषगरी आज रातीदेखि १२ गते बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको जनाएको छ। यस्तै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भाग एक-दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ ।

सम्भावित हिमपात र वर्षाको कारणले दैनिक जन-जीवन, पर्वतारोहण लगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना भएकोले आवश्यक सतर्कता अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूलाई महाशाखाले अनुरोध गरेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *