सुनको मूल्य इतिहासमै उच्च : प्रतितोला २ लाख १७ हजार ८ सय पुग्यो

No ads found for this position
No ads found for this position
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (सोमबार) छापावाल सुन प्रतितोला रू २ लाख १७ हजार ८०० मा कारोबार भइरहेको छ ।
आइतबार प्रतितोला रू २ लाख १७ हजार १०० मा कारोबार भएको सुन आज रू ७ सयले बढेको हो ।
त्यस्तै, चाँदीको मूल्य पनि स्थिर देखिएको छ। महासङ्घका अनुसार आज चाँदी प्रतितोला रू २ हजार ६५० मा खरिद–बिक्री हुनेछ ।
प्रतिक्रिया