नेपालसँग भिड्ने वेस्ट इन्डिज टिममा को को छन् ?

काठमाडौं । वेस्ट इन्डिजले नेपालसँगको टी-२० सिरिज खेल्ने १५ सदस्यीय टोलीको घोषणा गरेको छ। टोलीको कप्तानी अकील होसेनले गर्ने भएका छन्।
वेस्ट इन्डिजले केही नयाँ खेलाडीलाई मौका दिँदा अनुभवी खेलाडीलाई विश्राम दिएको छ।
नेपालसँग खेल्ने वेस्ट इन्डिज टोली
नेपालसँग खेल्ने टिममा अकिल होसेन (कप्तान), फेबियन एलन, ज्वेल एन्ड्रयु, अकिम अगेस्ट, नविन बिदाइस, जेडियाह ब्लेड्स, केसी कार्टी, करिमा गोरे, जेसन होल्डर, आमिर जाङ्गु, काइल मेयर्स, ओबेड म्याककोय, जिशान मोटारा, रामोन सिमोन्ड्स र शमार स्प्रिङ्गर छन्।
नेपाल र वेस्ट इन्डिजको सिरिज संयुक्त अरब इमिरेट्स (यूएई)मा सेप्टेम्बर २७ देखि २९ सम्म टी-२०आई सिरिजको हुँदैछ।
नेपालले यसअघि नै रोहित पौडेलको कप्तानीमा वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्ने टिम घोषणा गरिसकेको छ ।