साफ यु-१७ च्याम्पियनसिप : नेपाल घरेलु टोली श्रीलङ्कालाई हरायो

काठमाडौं। श्रीलङ्काको कोलम्बोमा जारी साफ यु–१७ च्याम्पियनसिपमा नेपालको विजयी भएको छ ।
सोमबारदेखि सुरु भएको च्याम्पियनसिपको पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलङ्कालाई २–० गोलले हरायो । नेपालको जितमा दुवै गोल समीर कुमारले गरे ।
उनले ५२ औं र इन्जुरी समयमा गोल गर्दै नेपाललाइ जिताएका हुन् । श्रीलङ्का पहिलो हाफमै १० खेलाडीमा समेटिएपछि नेपाललाई फाइदा भएको थियो ।
२७ औं मिनेटमा मोहम्मद इफाम दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । जितसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल सेप्टेम्बर १८ तारिखमा बङ्गलादेशसँग खेल्ने छ । समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन् भने समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् ।