नेपालमा बन्दुक प्रयोगसम्बन्धी आधारभूत सिद्धान्त पालना भएन: राष्ट्र संघ

काठमाडौं– सोमबार नेपालमा जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीहरूको हत्या भएको प्रति संयुक्त राष्ट्र संघीय मानवअधिकार कार्यालयले आपत्ति जनाएको छ ।
यस घटनाको छानविन गर्न मानवअधिकार कार्यालयले माग गरेको छ ।
कार्यालयकी प्रवक्ता रविना शामदासानीका तर्फबाट जारी नोटमा भनिएको छ- ‘नेपालमा प्रदर्शनकारीहरूको हत्या एवं घाइते भएकोमा हामी स्तब्ध बनेका छौं । यसको शीघ्र र पारदर्शी अनुसन्धानको लागि हामी आग्रह गर्दछौं।’
सामाजिक सञ्जालमा नेपाल सरकारले लगाएको प्रतिबन्धविरुद्ध भएको प्रदर्शनमा सुरक्षाकर्मीले अनावश्यक बल प्रयोग गरेको रिपोर्ट आफूहरूलाई प्राप्त भएको वक्तव्यमा जनाइएको छ ।
प्रवक्ताले भनेकी छन्- ‘सुरक्षा बल र बन्दुकको प्रयोगसम्बन्धी आधारभूत सिद्धान्तहरूको पालना गरिनुपर्दछ । हामी सरकारी अधिकारीहरूलाई शान्तिपूर्ण भेला एवं अभिव्यक्ति स्वतन्त्रताको अधिकारको सम्मान र सुनिश्चित गर्न आह्वान गर्दछौं ।’