दसैंमा मासु र मदिरा धेरै खानु हुन्छ भने यी कुरामा ध्यान दिनुस्

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं । दसैं भनेकै राम्रो लगाउने र मीठो खाने चाडको रूपमा लिइन्छ। देश विदेशमा रहेका आफन्तहरू एकै ठाउँमा जम्मा भई मीठो खाने, टिका र जमरा लगाउने, आशीर्वाद लिने-दिने दसैंका विशेषता हुन् ।

दसैंमा केही वर्ष यता खानाका परिकारसँगै ‘रमाइलो’ गर्न मदिराको प्रयोग पनि बढ्दै गएको छ। दसैंमा धार्मिक तथा सांस्कृतिक महत्ववका कारण साथीभाइ भेटघाट तथा पारिवारिक जमघट हुने सँगै परिवारमा बसेर मदिरा पिउने चलन पनि बढेको छ ।

दसैंमा हरेकको भान्सामा खसीको मासु, कुखुरा, राँगा, सुँगुर, माछा आदिको परिकार पाकेका हुन्छन् । धेरै मासु र सँगै मदिरा सेवन स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिन्छ ।

मासु सेवन गर्दा खासगरी मुटु रोगीहरुले सावधानी अपनाउनुपर्छ । रक्ती खानु हुँदैन । यसमा नुनको मात्रा बढी हुन्छ । यसले उच्च रक्तचाप निम्त्याउँछ ।

बोसोयुक्त मासु खानु हुँदैन । दसैंमा मासुको सितनसँग मदिरा पिउने चलन पनि छ । फुर्सदमा रमाइलो गर्नका लागि धेरैले मदिराको पिउँछन्। मदिरा र मासु धेरै खानाले स्वास्थ्यमा असर गर्छ ।

कुनै रोग लागेको अवस्था वा औषधी सेवन गरिरहेको अवस्थामा मदिरा सेवन एकदमै हानिकारक हुन्छ । हामी मदिरासँग सितनको रुपमा माछामासु खान्छौं । यसमा चिल्लो, पिरो, नुनिलो खानेकुरा हुन्छ । मदिरासँग यस्ता सितन सेवन गर्नु थप हानिकारक हो ।

बोसो बढि भएको भागको मासु नखानु राम्रो हुन्छ। मासुमा चिल्लो पदार्थ ज्यादा हुने भएकाले तेलको प्रयोग कम गर्नु पर्छ। तेल सँगै मासुमा नुनको मात्रा पनि कम गर्नुपर्छ।

मासुजन्य परिकार खाँदा साग र सलादहरु ज्यादा खानुपर्छ। पेटमा मासु सँगसँगै फाइबर पनि पुग्यो भने त्यसले कोलेस्टेरोल शोषणलाई रोक्छ। मासु खाएपछि केही फलफूल पनि लियौँ भने तिनका फाइबरका कारण शरीरमा नकारात्मक असर नियन्त्रण हुन्छ। फाइबरको अनुपात मिलाएमा सामान्य अवस्थामा भन्दा दोब्बर मासु खाए पनि त्यसले खासै असर गर्दैन।

यदि तपाईं मदिरा पिउँदै हुनुहुन्छ भने पिउनुअघि पर्याप्त पानी पिउनु लाभदायक हुन्छ । तपाईं आफैले पनि यो कुरा प्रयोग गर्न सक्नुहुन्छ । यदि मदिरा पिउने बानी छ भने मदिरा पिउनुअघि पर्याप्त पानी पिउनुहोस्, मदिराको असर शरीरमा त्यती हुँदैन जति अरुबेला हुनेगर्छ । साथसाथै मदिरा सेवन गरिरहँदा पनि बेलाबेला पानी पिउने बानी गर्नुहोस् ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्