भुर्तेलको शतकमा नेपालले मलेसियालाई दियो २७६ रनको विशाल लक्ष्य
No ads found for this position
No ads found for this position
काठमाडौं । सिंगापुरमा जारी एसियन गेम्स क्वालिफायर अन्तर्गत नेपालले मलेसियालाई २७६ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा २७५ रन जोड्यो। ओपनर कुशल भुर्तेलले शतकीय इनिङ्स खेले। उनले १२६ रन जोडे। ५४ बल खेलेका उनले १४ चौका र ८ छक्का प्रहार गरे।
उनको इनिङ्समा चौका र छक्काको वर्षा देखिएको थियो । भुर्तेलको विस्फोटक ब्याटिङका कारण नेपालले ठूलो स्कोरतर्फ अग्रसरता लिएको थियो ।
यसअघि उनले चीनविरुद्धको खेलमा पनि भुर्तेलले केवल ३५ बलमा शतक प्रहार गरेका थिए । लगातार दुई खेलमा शतक बनाउने क्रममा उनले आफ्नो उत्कृष्ट फर्मलाई निरन्तरता दिएका छन् ।
प्रतिक्रिया


