एमाले वडाध्यक्ष रिजाल आफ्नै पार्टीको मुख्यमन्त्रीविरुद्ध बसे धर्नामा

No ads found for this position
No ads found for this position

सुर्खेत । नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष आफ्नै पार्टीको मुख्यमन्त्रीविरुद्ध मुख्यमन्त्री कार्यालयको गेटमा धर्नामा बसेका छन् ।

सल्यानको कालीमाटी गाउँपालिका–७ का वडाध्यक्ष मित्रलाल रिजाल मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको प्रवेशद्वारमा धर्नामा बसेका हुन् । उनीसहित वडासदस्य विर्घाबहादुर राना पनि धर्ना बसेको छन् ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित रिजाल एमालेबाटै मुख्यमन्त्री भएका यामलाल कँडेलविरुद्ध धर्नामा बसेका हुन् ।

गाउँमा सडक र टेलिफोनको टावर निर्माण गर्न प्रदेश सरकारले आवश्यक बजेट नदिएको भन्दै उनले धर्ना सुरु गरेका हुन् ।

घुइयाबारी–स्वामीबास–बबई सडकको स्तरोन्ति तथा नेपाल टेलिकमको टावर निर्माणका विषयमा पटकपटक अनुरोध गर्दा पनि प्रदेश सरकारले बेवास्ता गरेपछि आफू धर्ना बस्न बाध्य भएको वडा अध्यक्ष रिजालले बताए ।

उनले सडक स्तरोन्नति नहुँदा स्थानीय नागरिकले वर्षौँदेखि सास्ती भोग्दै आएको बताए । सडकको दयनीय अवस्थाका कारण यातायात सञ्चालनमा समस्या हुनुका साथै दैनिक जनजीवन प्रभावित भइरहेको उनको भनाइ छ ।

आफ्ना मागहरू प्रदेश सरकारले सम्बोधन नगरेसम्म धर्ना जारी राख्ने चेतावनी उनले दिएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *