भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा कार्यालयमा तालाबन्दी (तस्बिरहरू)
काठमाडौं । समाज कल्याण परिषद् अन्तरगत पर्ने काठमाडौंको भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा विभिन्न सङ्घ संस्थाको कार्यालयमा तालाबन्दी गरिएको छ । वर्षौंसम्म भाडा नतिर्ने व्यक्तिका पसल र संस्थाका कार्यालयमा सोमबार ताला लगाइएको हो ।

यहाँ भाडा तिर्न बाँकी रहेका काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाज, राष्ट्रिय अपांग महासंघ, बालबालिकाका लागि गैरसरकारी संस्था महासंघ नेपाल स्टल नम्बर ७४, नेकपा एमालेनिकट अनेरास्ववियु (अखिल)ले स्टल नम्बर ६० र ६१, नेपाल राष्ट्रिय मानव अधिकार संरक्षण मञ्चलाइ ताला लगाइएको हो ।
यस्तै ऋषि धमला सञ्चालक रहेको रिपोर्टस क्लब नेपाल भाडा नतिरिएको पाइएकाले आज ताला लगाइएको छ । त्यस्तै उपभोक्ता मञ्च नेपाल, लोकतान्त्रिक सहिद तथा घाइते समाज, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले पनि भाडा तिरेको छैन ।

तस्विरहरू: सक्षम घिमिरे


