बालेनलाई गोकुलको व्यङ्ग्य- मन्त्रीको खेतबारी पहेँलपुर फुलेछ, झिक्कै-झिक्कै मया तम्लाई !

No ads found for this position
No ads found for this position

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता गोकुल बास्कोटाले वर्तमान सरकारका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरण प्रति व्यङ्ग्य गरेका छन् ।

मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति सुनलाई लिएर बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत डाँडाभरि लालीगुराँस फुल्नेबेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेको भन्दै कटाक्ष गरेका छन् ।

उनले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण हेर्दा समृद्धि आइसकेको र सुशासन त्यहीँबाट आरम्भ भएको टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्– ‘आजका मिडिया र सामाजिक सन्जाल हेर्दा रमाईलो भो। देश लंका बनिसकेछ,डाँडाभरी लाली गुराँस फुल्ने बेलामा मन्त्रीहरुको खेतबारीमा भने पहेँलपुर तोरी फुलेछ। सम्वृद्दी आएछ -सुशासन त्यहिबाट आरम्भ भै हाल्छ । म झनै खुसी किन कि जहाँ कङ्गाल त्यहि चण्डाल भन्थे,त्यो दुर भएछ-झिक्कै झिक्कै मया तम्लाई !



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *