ओलीपछि पूर्वगृहमन्त्री लेखक पनि हिरासतबाट रिहा

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपछि पूर्वगृहमन्त्री रमेश लेखक पनि १३ दिनको हिरासत बसाइपछि रिहा भएका छन् ।

ज्यानसम्बन्धी कसुरमा पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि प्रहरीले रिहा गरिएको छ । हिरासतमा रहेका लेखकलाई स्वास्थ्य परीक्षणपश्चात छाडिएको हो ।

उनीसँगै पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई टिचिङ अस्पतालमै प्रहरीले परिवारको जिम्मामा छाडिसकेको छ ।

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा भएको हताहती प्रकरणमा मुख्य जिम्मेवार भएको आरोपसहित सरकारले गत चैत १४ गते लेखकलाई भक्तपुरको कटुन्जेबाट पक्राउ गरेको थियो।

जेन्जी आन्दोलन घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा ज्यानसम्बन्धी कसुरमा ओली र लेखकलाई पक्राउ गरिएको थियो । तर, मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि छाडिएको हो ।

सर्वोच्चले उनीहरूविरूद्ध मुद्दा दायर गर्न वा २६ गतेसम्ममा छोड्न आदेश दिएको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *