ठमेल देखि आर्मी ग्राउन्डसम्म मेरो लागि गाडीका ताँती थिए : सन्तोषी श्रेष्ठ (पोडकास्ड)
काठमाडौं । नेपाली खेलकुदमा ‘गोल्डेन गर्ल’ को नामले परिचित छिन् एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ । उनले जहाँ सहभागिता जनाइन्, त्यहाँ पहिलो हुने आदत बनाइन् । त्यसैले नेपाली खेल जगतले उनलाई नयाँ नाम दियो– ‘कीर्तिमानी खेलाडी’, ‘ओलम्पियन’, ‘गोल्डेन गर्ल’ ।
खेलाडीका लागि दक्षिण एसियाली, एसियाली र ओलम्पिकसम्मको यात्रा पक्कै सहज हुँदैन । धादिङको ज्वालामुखी गाउँपालिकामा जन्मिएकी सन्तोषीको लागि पनि एथलेटिक्समा कीर्तिमानी बन्न यो यात्रा निकै चुनौतीपूर्ण थियो । उनले जुनसुकै क्षेत्रमा लागे पनि शिक्षाले मानिसलाई सफल बनाउँछ भन्ने बझाइ थियो । त्यसैले अध्ययन सधैं उनको प्राथमिकतामा पर्यो । उनले पब्लिक एडमिनिस्ट्रेसन विषयमा स्नाकोत्तर गरिन् ।

सन्तोषीको सफलताको सुरुवात भने २०१९ डिसेम्बरमा १३औं दक्षिण एशियाली खेलकुद (साग) बाट सुरु भएको थियो । काठमाडौंमा भएको सागमा उनी पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइरहेकी थिइन् । उनले सागमा नेपाली महिलाले एथ्लेटिक्समा अन्तर्राष्ट्रिय स्वर्ण जितेको थिएन ।
१० हजार मिटरमा दौडिएकी सन्तोषीले स्वर्ण पदक नै जितिन् । भारतकी खेलाडीलाई १० मिलि सेकेण्डले उछिनेर उनी पहिलो भएकी थिइन् ।
प्रस्तुत छ नागरिकप्रेसकालागि सृजना घिमिरेले सन्तोषी श्रेष्ठसँग गरिएको भिडियो कुराकानी :



