बादल निर्विरोध एमाले दलको नेता, सुहाङले लगाइदिए खादा
No ads found for this position
No ads found for this position
काठमाडौं । नेकपा एमालेमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ प्रतिनिधि सभा संसदीय दलको नेतामा निर्विरोध चयन भएका छन् ।
बुधबार संसदीय दलको नेताको निर्वाचनमा बादल निर्विरोध निर्वाचित भएका हुन् ।
यसअघि दलको नेतामा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित युवा नेता सुहाङ नेम्वाङ र धनकुटाबाट जितको ह्याट्रिक गरेका राजेन्द्र राईले पनि दाबी गरेका थिए । तर, अन्तिम समयमा मनोनयन दर्ता गर्ने बेला उनले समर्थक र प्रस्तावक पाएनन् ।
निर्विरोध निर्वाचित भएका बादललाई सुहाङले खादा ओढाएर बधाई समेत दिएका छन् ।
प्रतिक्रिया


