यातायात कार्यालयमा सेवाग्राहीलाई अनावश्यक दुःख दिने १६ जना पक्राउ

No ads found for this position
No ads found for this position

काठमाडौं । सवारी दर्ता किताब (बिलबुक) नवीकरणको नाममा सेवाग्राहीलाई अनावश्यक दुःख दिने १६ जना पक्राउ परेका छन्। उनिहरुलाई काठमाडौंको विभिन्न यातायात कार्यालयबाट पक्राउ गरिएको हो ।

उनिहरुलाई बिलबुक नवीकरण गरिदिने भनि सार्वजनिक सेवा प्रवाहमा बाधा विरोध गर्ने र सेवाग्राहीहरूलाई अनावश्यक दुःख दिने गरेको सूचनाको आधारमा खटिएको प्रहरी पक्राउ गरेको हो ।

प्रहरी वृत्त स्वयम्भूले सानोभर्‍याङस्थित यातायात कार्यालयबाट ८ जना र प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट ८ जनालाई पक्राउ गरेको हो।

पक्राउ परेका उनिहरुबाट प्रहरीले १ लाख २२ हजार रुपैयाँ नगद र ५३ थान बिलबुक समेत बरामत गरेको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *