ओली पक्राउको विरोधमा एमालेले घोषणा गर्यो वैशाख १२ सम्मको कार्यक्रम
काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी आन्दोलन कार्यक्रम गर्ने घोषणा गरेको छ ।
आज पार्टी कार्यलय च्यासलमा बसेको सचिवालय बैठकले चैत २४ गतेदेखि पार्टीका विभिन्न कमिटीमार्फत देशव्यापी प्रदर्शन आयोजना गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
यी हुन् ओली पक्राउ विरोधमा एमालेले तय गरेको कार्यक्रम-
क) चैत २५ गतेसम्म जिल्ला तहमा बृहत भेला गर्ने।
ख) चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने।
ग) वैशाख ३ गते वडा तहमा भेला गर्ने।
घ) वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने।
ङ) वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने।
च) सरकारद्वारा विद्यार्थी तथा पेशागत संगठनहरूसम्बन्धी गरिएका गतिविधिहरूका विषयसमेत समेटेर सबै जनसंगठनहरूले आ-आफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीद्वारा घोषित आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्ने।
छ) सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीन बहादुर शाही लाई जिम्मेवारी दिइयो।
ज) संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष राम बहादुर थापा बादल र सचिव पद्मा अर्याल लाई दिइयो।
झ) आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरिएको छ।


