प्रधानन्यायाधीश राउत आजदेखि अवकाशमा, कामु बन्दै सपना मल्ल
No ads found for this position
No ads found for this position
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आजदेखि अनिवार्य अवकाशमा पाउँदै छन्। कानुन व्यवसायी पृष्ठभूमिबाट सर्वोच्चको न्यायाधीश हुँदै प्रधान न्यायाधीश बनेका राउत ६५ वर्षे उमेर हदका कारण आजदेखि अवकाशमा जान लागेका हुन् ।
उनले अवकाश पाएसँगै सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछिन्।
राउत २०८१ असोजमा प्रधानन्यायाधीशमा नियुक्त भएका थिए। संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका थिए।
राउतले कानुन व्यवसायमा ३३ वर्ष र सर्वोच्च अदालतको न्यायाधीशको रूपमा ८ वर्ष बिताएका छन्।
प्रतिक्रिया


