ओली रिहाइको माग गर्दै सडकमा उत्रिए एमाले कार्यकर्ता (तस्बिरहरू)

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा एमालेले आज पनि राजधानीको माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाईको माग गर्दै एमालेका भ्रातृ संगठनहरुले लगातार प्रदर्शन जारी राखेका हुन् ।

प्रदर्शनमा सहभागी कार्यकर्ताहरुले सरकार विरोधी नारा लगाउँदै अध्यक्ष ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको आरोप लगाएका छन् । उनीहरुले अध्यक्ष ओलीलाई तत्काल रिहा गर, राजनीतिक प्रतिशोध बन्द गर जस्ता नारा लेखिएका प्लेकार्डहरु बोकेका छन् । अध्यक्ष ओलीलाई बिना शर्त रिहा नगरिएसम्म आन्दोलन नरोकिने उनीहरुको भनाइ छ । एमालेले यो आन्दोलनलाई देशव्यापी बनाउने चेतावनी समेत दिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *