ओली र लेखकलाई १० दिन हिरासतमा राख्न सरकारी वकिलको माग

No ads found for this position
No ads found for this position

काठमाडौं । शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिलले माग गरेको छ ।

जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि पुगेका सरकारी वकिलले कम्तीमा १० दिन म्याद थप गरेर मुद्दा अघि बढाउन माग गरेका हुन् । उता लेखक र ओली पक्षका वकिलहरूले भने उनीहरूलाई थुनामा नराख्न न्यायाधीशसमक्ष माग गरेका छन् ।

शनिबार भक्तपुरको कटुन्जेबाट पक्राउ परेका लेखकलाई सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उपस्थित गराइएको छ।

उता भक्तपुरको गुन्डुस्थित निवासबाटै समातिएका पूर्वप्रधानमन्त्री ओलीलाई स्वास्थ्यमा समस्या भएपछि अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

उनलाई भर्चुअल माध्यमबाटै अदालतमा पेश गरिएको छ। अहिले यी दुईजनालाई म्याद लिनेबारे जिल्ला अदालतमा बहस भइरहेको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *