आजको मौसम: चट्याङ्ग, हावाहुरी र वर्षाको सम्भावना

No ads found for this position
No ads found for this position

काठमाडौं । हाल नेपालमा पश्चिमी न्युन चापिय प्रणालीका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली भू–भागमा अधिकांश बादल, पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

 

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका धेरै स्थानहरूमा, बाँकी प्रदेशका पहाडी र हिमाली भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग÷हावाहुरी÷असिना सहित मध्यम वर्षाका साथै हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

यस्तै, आज राती देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ, पहाडी तथा तराई भू–भागमा आँशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भाग तथा बाँकी हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *