कर्णाली खेलकुद परिषदमा नयाँ नेतृत्व: हमाल उपाध्यक्ष, चन्द सदस्य–सचिव

No ads found for this position
No ads found for this position

सुर्खेत । कर्णाली प्रदेश सरकारले खेलकुद परिषद्को उपाध्यक्षमा प्रमोद हमाल र सदस्य सचिवमा रविन्द्र चन्द नियुक्त भएका छन् ।

 

कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले सुर्खेतका हमाललाई उपाध्यक्ष र चन्द्रलाई सदस्य–सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । दुई पदाधिकारीको नियुक्ति भएसंगै एक बर्षदेखि नेतृत्वविहीन भएको कर्णाली खेलकूद परिषद्ले नयाँ नेतृत्व पाएको हो ।

 

कर्णाली प्रदेश सरकारले खेलकूद परिषद्को पदाधिकारी नियुक्तिका लागि खुला प्रतिष्पर्धाद्धारा सार्वजनिक आव्ह्रान गरेको थियो ।

 

सदस्य सचिवका लागि सुरुमा २१ जनाले आवेदन दिएकोमा विभिन्न योग्यताक्रमलाई आधार मानेर १० जनालाई सर्टलिष्ट गरेको थियो । सदस्य–सचिव छनोट समितिले माघ ३ गते लिएरको अन्तर्वार्ताबाट तीन जनाको नाम सिफारिस गरेको थियो । सिफारिस सूचीमा रविन्द्र चन्द, दीपक हमाल र प्रमोद हमाल रहेका थिए ।

 

मूल्याङ्कनमा चन्दले सबैभन्दा बढी ६७.१७ अंक प्राप्त गरेका थिए भने दीपक हमालले ६०.६३ र प्रमोद हमालले ५२.३७ अंक ल्याएका थिए । सिफारिस समितिले गरेको सिफारिस अनुसार एक नम्बरको योग्यताक्रममा रहेका चन्दलाई मन्त्रिपरिषद्ले सदस्य–सचिवमा नियुक्त गरेको सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।

 

मन्त्री परिषद् बैठकले परिषद्को उपाध्यक्षमा प्रमोद हमालसहित पाँच सदस्य पनि नियुक्त गरेको छ । परिषद्का अन्य सदस्यहरुमा पंखबहादुर मल्ल (कालीकोट), भीमकुमारी भुसाल (सुर्खेत), गोर्खबहादुर शाही (हुम्ला), पवनकुमार थापा (दैलेख) र किरणकिशोर सापकोटा (सुर्खेत) रहेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *