झापामा बर्डफ्लु भेटियो, २५ हजार कुखुरा नष्ट गरिँदै

No ads found for this position
No ads found for this position

दमक । झापाको दमक पालिएकाका कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय (जिप्रका) झापाले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्दै आवश्यक सतर्कता अपनाउन निर्देशन दिएको छ।

झापाको दमक नगरपालिका वडा नं. १० स्थित दमक एग्रिकल्चर फार्म प्रालिमा पालिएका कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि भएको हो ।

बर्डफ्लु पुष्टि भएपछि जिप्रका झापाले संक्रमण फैलिन नदिन २० मिटर वरिपरिको क्षेत्रलाई संकटग्रस्त घोषित गरेको छ । उक्त क्षेत्रमा विज्ञ र पशु प्राविधिक बाहेक अन्य व्यक्तिको आवतजावतमा प्रतिबन्ध लगाइएको छ।

फार्ममा करिब २० हजार कुखुरा रहेका थिए। अचानक धेरै कुखुरा मर्न थालेपछि परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको थियो। संक्रमण फैलिन नदिन अहिले प्रभावित क्षेत्रबाट कुखुरा, अण्डा तथा अन्य पन्छीजन्य सामग्रीको ओसारपसार पूर्ण रूपमा रोकिएको छ।

यस्तै अर्को नजिकको फार्ममा रहेका ५ हजार कुखुराको भएको फार्म पनि ल्याब परीक्षण गर्दा पनि बर्डफ्लु पुष्टि भएको छ । यसरी बर्डफ्लु लागेका करिब २५ हजार कुखुरा नष्ट गर्ने कार्य सुरु गरिएको छ। शंकास्पद कुखुरा र मरेका कुखुराको ल्याब परीक्षण पनि तीव्र पारिएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *