कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, सभापति थापा उपस्थित हुने
No ads found for this position
No ads found for this position
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
यसअघि गत शुक्रबार र आइतबार बसेको बैठकले फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भएको पराजयको समीक्षाका गर्दै सभापति गगन कुमार थापाले दिएको राजीनामा अस्वीकार गर्ने निर्णय गरेको थियो ।
आजको बैठकमा पार्टीको १५औँ महाधिवेशन बोलाउनेलगायतका विषयमा छलफल हुने बताइएको छ । कांग्रेसले आगामी भदौ २४ गते संस्थापक बीपी कोइरालाको जन्मजयन्ती पारेर महाधिवेशन उद्घाटन गर्ने तयारी गरेको छ ।
आजको बैठकमा सभापति थापा पनि उपस्थित हुने बताइएको छ ।
प्रतिक्रिया


