खल्तीबाट आउने प्रोजेक्टले सही ठाउँमा खानेपानीको राइट पुगेको छैन: प्रवक्ता मीना श्रेष्ठ
No ads found for this position
No ads found for this position
काठमाडौं । खानेपानी मन्त्रालयले खानेपानी सम्बन्धी आयोजनाहरूलाई महिलामैत्री बनाउने कामलाई प्राथमिकता दिइएको जनाएको छ । विश्व पानी दिवसको अवसर पारेर सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सो मन्त्रालयका प्रवक्ता मीना श्रेष्ठले यस्तो बताएकी हुन् ।
मन्त्रालयले लैगिकमैंत्री खानेपानीको व्यवस्थापन गर्न सरकारले सबै स्थानीय पालिकाहरूमा खानेपानी सरसफाइ तथा स्वच्छता व्यवस्थापन सम्बन्धी सिस्टम लागू गरेको पनि उनले बताइन् ।
खानेपानीको व्यवस्थापनमा सबैको पहुँच पुर्याउनका लागि सरकारले सो सिस्टम लागू गर्नुपरेको श्रेष्ठको भनाई छ । उनले खानेपानी आयोजनाहरू आवश्यकताको आधारमा तय गर्न पनि सम्बन्धित सबै पक्षलाई सचेत गराइन् ।
प्रवक्ता श्रेष्ठले भनिन्,‘अब नीड बेस प्रोजेक्ट नभई उतिकै माथि खल्तीबाट प्रोजेक्ट आउने चलन छ । यसले गर्दा धेरै खर्च गर्दा पनि महिलालाई इक्वीएल्ली खानेपानीको राइट पुगेको छ भन्नेकुरा निर्धक्कका साथ बोल्न गाह्रो भएको हुनाले खानेपानी मन्त्रालयले अहिले रिसेन्टली केही महिनादेखि के सुरु गरेका छौँ भने खानेपानी मन्त्रालय अन्तर्गत विभागमा राष्ट्रिय खानेपानी सरसफाइ तथा स्वच्छता व्यवस्थापन सम्बन्धी सिस्टम लागू गरेर ७५३ वटै स्थानीय पालिकाहरुको वास प्लान र वासका डेटा त्यसमा इन्ट्री गर्ने काम गरिरहेको छ । जुन झन्डै ६ सय पालिकामा पुग्न लागेको अवस्था छ भने झन्डै ३ सय जतिले वास प्लान बनाउन सुरु गरिसकेको छ । त्यसमा पनि जेसीको इन्फरमेशन आउनुपर्यो । जसले गर्दा महिलालाई, डिस्एवलहरुलाई पुगेको छैन त ? भन्ने कुरालाई ध्यानमा राखेर त्यो कार्य सुरु गरेका छौँ । त्यस्तै गरेर पब्लिक ट्वाईलेटहरु बनाउँदा जेसी फ्रन्ड हुनुपर्छ भनेर भनिराखेका छौं । कतिपय कुरामा अहिले तीन तहको सरकार हुँदाखेरी ठूलाठूला आयोजनाहरू संघले गर्ने, त्यो भन्दा अलि सानो प्रदेशले गर्ने र सानासाना आयोजनाहरू लोकल गोभर्मेन्टले गर्ने गरेको अवस्थामा विभिन्न डोनर पार्टनरहरुसँग मिलेर तीन वटा तहको सरकारको समन्वयमा र लगानीमा हामीले प्रोजेक्टहरु इम्पिलिमेन्ट गरिराखेका छौँ ।’
खानेपानी मन्त्रालयले खानेपानी व्यवस्थापनको कामलाई महिलामैत्री बनाउनका लागि प्रदेश र स्थानीय सरकारसँग पनि सहकार्य गरिरहेको उनले बताइन्।
प्रतिक्रिया


