मकालु हिमाल आरोहण गर्न लागेका चौधरीलाई कार्कीले शुभकामना

No ads found for this position
No ads found for this position

काठमाडौं । संसारको पाँचौँ  र नेपालको चौथो अग्लो हिमाल, मकालु हिमाल आरोहण गर्न त्यसतर्फ प्रस्थान गर्न लागेका जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत प्रहरी नायव निरीक्षक नन्दलाल चौधरीलाई शुभकामना सहित नेपाल प्रहरीको झण्डा हस्तान्तरण गरिएको छ ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रम बिच चौधरीलाई राष्ट्रिय झण्डा र नेपाल प्रहरीको झण्डा हस्तान्तरण गरे ।

कार्यक्रममा कार्कीले आरोहणमा जान लागेका चौधरीलाई यात्राको सहज, सुखद एवम् सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू राजन अधिकारी, सिद्धी विक्रम शाह र उमा प्रसाद चतुर्वेदी, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

झापा शिवसताक्षी नगरपालिका-७ निवासी नन्दलाल चौधरी २०५५ सालमा प्रहरी जवान पदबाट सेवा प्रारम्भ गरी हाल जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत रहेका छन् । उनले २०८२ साल कात्तिक ५ गते सोलुखुम्बु जिल्लामा रहेको ६४७६ मिटरको मीरा पिकको सफल आरोहण समेत गरेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *