झापाको सेल्फी डाँडामा झडप हुँदा ५ घाइते, ६ पक्राउ

No ads found for this position
No ads found for this position

बिर्तामोड। झापाको कनकाई नगरपालिका–३ स्थित सेल्फी डाँडामा भएको झडपमा ५ जना घाइते भएका छन् भने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार बेलुका चर्चित पर्यटकिय स्थल हेप्पील्यान्ड सेल्फी डाँडामा झडप भएको प्रहरीले बताएको छ। बेलुकाको समयमा डिजे बजाएर नाच्ने क्रममा दुई पक्षीय युवाबिच विवाद बढ्दै झडपमा परिणत भएको थियो।

झडपमा धारिलो हतियार समेत प्रयोग भएको र झापा गाउँपालिका–५ का १८ वर्षीय मारारुल आलम, १८ वर्षीय अन्सारुल अली, २४ वर्षीय समान सेख, २० वर्षीय फिरोज अली र २० वर्षीय तामेजल खान घाइते भएका छन्।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरूको टाउको र शरीरका विभिन्न भागमा चोटपटक लागेको छ।

झडपमा संलग्न झापा बाह्रदशी गाउँपालिका–४ का १९ वर्षीय साहिद खान, १९ वर्षीय सन्जाद आलम, २२ वर्षीय आसिक आलम, १७ वर्षीय सोहेल आलम, १८ वर्षीय सानाबाज आलम र १८ वर्षीय साहिल आलमलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले पक्राउ गरी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनी पठाएको जनाएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *