नेविसंघ अब कांग्रेसको ‘शुभेच्छुक’ संगठन बन्ने, विधान र नेतृत्व आफैँ छान्ने

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो सांगठनिक संरचनामा आमूल परिवर्तन गर्दै ‘कार्यात्मक स्वायत्तता’ मा जाने निर्णय गरेको छ ।

नेविसंघका सभापति दुजाङ शेर्पाले अब नेविसंघ नेपाली कांग्रेसको परम्परागत ‘भ्रातृ संगठन’ मात्र भएर नबस्ने बरु ‘शुभेच्छुक संगठन’ को रूपमा स्वायत्त ढंगले अघि बढ्ने घोषणा गरेका हुन्।

सभापति शेर्पाकाअनुसार नेविसंघले अब आफ्नो विधान आफैँ बनाउने, आफ्नो नेतृत्व आफैँ चयन गर्ने र आफ्ना कार्यक्रमहरू स्वतन्त्र रूपमा तय गर्नेछ । उनले एउटा सामान्य विज्ञप्ति निकाल्न वा आन्दोलनका कार्यक्रम तय गर्न पनि पार्टीका पदाधिकारीहरूसँग अनुमति लिनुपर्ने झन्झटिलो प्रक्रियाले विद्यार्थी आन्दोलन कमजोर भएको तर्क गरे ।

शेर्पाले भने, ‘हामी नेपाली कांग्रेसको विचार, बीपी कोईरालाको लोकतान्त्रिक समाजवाद र पार्टीको आदर्शप्रति पूर्ण प्रतिवद्ध छौं, तर हरेक साना निर्णयका लागि पार्टी नेतृत्वको मुख ताक्ने अवस्था अब अन्त्य हुनुपर्छ हामी पार्टीभित्र एउटा ‘वाच–डग’ र सरकारको रचनात्मक प्रतिपक्षको रूपमा उभिन चाहन्छौं ।’

यो निर्णयलाई उनले ‘सेपरेसन’ भन्दा पनि विद्यार्थीको मुद्दामा केन्द्रित हुनका लागि लिइएको ‘फङ्गशनल अटोनोमी’ को रूपमा बुझ्न आग्रह गरे।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *