‘शुक्रबार भारी वर्षा र हावाहुरीले रुख र कमजोर संरचना ढल्न सक्छन्, सचेत रहनू’

No ads found for this position
No ads found for this position

काठमाडौं । मौसम पूर्वानुमान शाखाले शुक्रबार कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली स्थानमा भारी वर्षा/हिमपातको सम्भावना रहेको जनाएको छ ।

शुक्रबार दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रका आसपासका जिल्लाहरूमा र शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा तीव्र हावाहुरी (झण्डै ३३ मिटर/सेकेण्ड वा करिब ११९ किमि/घण्टा) चल्ने सम्भावना रहेको छ। यस कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहने महाशाखाले जनाएको छ।

पूर्वानुमान शाखाले विज्ञप्ति जारी गर्दै नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको आंशिक प्रभाव रहेकाले चट्याङ्ग, असिनासहित वर्षा र हावाहुरीको सम्भावना रहेको जनाएको छ।

आज राति कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरू, कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरू तथा लुम्बिनी, बागमती प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी/असिना सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको विज्ञप्तिमा उल्लेख छ।

शुक्रबार देशभर अधिकांश बादल लाग्नेछ। कर्णाली र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरू, गण्डकी, लुम्बिनी प्रदेश लगायत कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिनासहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली एक-दुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना रहेको छ।

शनिबार पनि कोशी र बागमती प्रदेशको लगायत देशका पहाडी र हिमाली भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *