प्रचण्ड गैरजिम्मेवार बन्दा आज यो अवस्था आएको हो : अधिवक्ता भण्डारी

टिआरसीलाई अब रवि-बालेनले गम्भीरताका साथ लिनुपर्नेछ

No ads found for this position
No ads found for this position

काठमाडौं । जनयुद्धकालीन मुद्दाहरुलाई सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी)मार्फत हल गर्न प्रचण्डसहितका पुराना दलहरु चुकेको र त्यसको जिम्मा अब रबि-बानेलको काँधमा आएको वक्ताहरुले बताएका छन् । बिहीबार राजधानीमा अखिल नेपाल जनसांस्कृतिक महासंघले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले रास्वपा नेतृत्व सरकारका राम्रा कार्यमा साथ दिनेसमेत बताएका छन् ।

वरिष्ठ अधिवक्ता एकराज भण्डारीले विस्तृत शान्ति सम्झौतालाई तार्किक निकष्कर्षमा पुर्याउनुको सट्टा पुराना दलहरु शत्ता र शक्तिको खेलमै समय बिताएको आरोप लगाएका छन् । भण्डारीले जनयुद्धको मुख्य नेतृत्व माओवादी र प्रचण्डनै गैरजिम्मेवार बन्दा आजको अवस्था आएको जिकिर गरेका छन् ।

जनयुद्ध हाँकेर आएको नेतृत्व गैरजिम्मेवार बन्दा दुई दशकमै देशमा ठूलो विद्रोह भएको र त्यसले जनयुद्धको उपलब्धिलाई छायाँमा पार्नसक्ने खतरासमेत औंल्याए । भण्डारीले टिआरसीलाई आगामी सरकारले हल नगरे त्यसले थप संकट निम्त्याँउने चेतावनी दिँदै भने,‘रास्वपा नेतृत्वले टिआरसीलाई गम्भीरताका साथ लिनुपर्नेछ र त्यसको जिम्मेवारी रवि र बालेन जीहरुको काँधमा आएको छ ।’

‘हामी सबैले रास्वपालाई दिएको जनमतको सम्मान गर्नुपर्छ, देश र जनताको हितमा गर्ने हरेक कदमहरुमा साथ पनि दिनुपर्छ, तर उसले पुरानै दलहरुले जस्तै राष्ट्रघात गर्न थाले चुप बस्न पनि हुन्न,’भण्डारीले भने । नेकपा(माओवादी)का पोलिटब्युरो सदस्य माइला लामाले जेनजी विद्रोहपछि भएको निवार्चनमा जनताले प्रष्टसँग परिवर्तनको म्याण्डेट दिएको र त्यसलाई नयाँ सरकारले पूरा गर्ने विश्वास रहेको बताए ।

लामाले आफूहरुले जनयुद्धमा बगाएको रगत र बलिदानमार्फत देशमा परिवर्तन आएको बताउँदै भने,‘हामीहरु जहिले पनि परिवर्तनका पक्षमा रहेको र नयाँ क्रान्तिकारीहरुसँग सहकार्य गर्छौं तर जनघातकाविरुद्ध सधै लड्न तयार पनि छौं ।’ अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव कुशल बोगटीले २०५५ साल चैत्र ५ गते काभ्रेको अनेकोटमा तत्कालिन राज्यसत्ताले जनकलाकारहरुलाई आगो लगाएर हत्या गरेको सम्झना र सम्मानमा सांस्कृतिक प्रतिरोध दिवस मनाउँदै आएको बताए ।

बोगटीले बलिदानबाट आएको परिवर्तनको रक्षा गर्नुपर्ने बताउँदै भने,‘२८ वर्ष पहिले हाम्रा साथिहरु च्याङ्बा लामा, चिनिमाया लामा, गुम्बासिं तामाङ, निर्मला देवकोटा, डम्बर श्रेष्ठ, शुभद्रा सापकोटा, माञ्जु कुवर लगायत देशैभरीका १७० भन्दा बढी संस्कृतिक शहीदहरुको बलिदानलाई हामी खेर जान दिने छैनौं ।’

सो कार्यक्रममा कविहरु सोभा दुलाल, मुक्तान थोवा, डम्बर थामी, गिलु रातोस, सिता तुम्खेवा, कर्ण दयाल, सजना गोले, रोमा विश्वकर्मा, संगित समाजवादी, अन्जना खड्का, शिला यादवले कविता वाचान गरेका थिए भने कलाकार आरोह नेपाली र रमन थामीले गित प्रस्तुत गरेका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *