सर्लाहीमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

No ads found for this position
No ads found for this position

सर्लाही । सर्लाहीमा स्कुल बसको ठक्करबाट द्ई वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको बागमती नगरपालिका– २ सानो डाबरीस्थित भित्री सडक खण्डमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको हो ।

बिहीबार बिहान करिब ९ बजे जिरायतबाट हरिवनतर्फ जाँदै गरेको ना.१ क ७३८२ नम्बरको सगुन शिक्षा आवासीय विद्यालयको बसले स्थानीय श्याम गोलेका २ वर्षीय छोरा यनस गोलेलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा संलग्न बस र चालक हरिवन नगरपालिका– ११ प्रगति टोल निवासी करिब ५० वर्षीय सुर्य बहादुर थापालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय हरिवनमा राखिएको छ ।

अहिले बालकको शव घटनास्थलमै रहेको र आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *