५ हजार बढीले घट्यो आज सुनको मूल्य
No ads found for this position
No ads found for this position
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ५ हजार ४ सय रुपैयाँले घटेर ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया


