आयोगले निर्वाचनको नतिजा आज राष्ट्रपतिलाई बुझाइँदै

No ads found for this position
No ads found for this position

काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फको ११० जनाको निर्वाचन परिणाम राष्ट्रपति रामचन्द्र पौडेललाई आज बुझाउने भएको छ ।

आयोगले निर्वाचन परिणाम बिहीबार (आज) अपराह्न ४ बजे राष्ट्रपतिलाई बुझाउने कार्यक्रम रहेको छ ।

आयोगले आज बिहान साढे ११ बजे समानुपातिकतर्फका सांसदको प्रमाणपत्र ग्रहण कार्यक्रम राखेका छ । त्यसपछि अपराह्न ४ बजे राष्ट्रपतिज्यूलाई निर्वाचन परिणाम बुझाउने र त्यसपछि अपराह्न साढे ५ बजे पत्रकार सम्मेलन गरेर विस्तृत रूपमा बताउने जनाएको छ ।

आयोगले राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाएपछि संसद् आह्वानसँगै सरकार गठन प्रक्रिया सुरु हुने छ ।

फागुन २१ गतेको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रत्यक्ष १२५ सिट र समानुपातिक ५७ सिटसहित कुल १८२ सिटसहित पहिलो दलका रूपमा उदाएको छ ।

नेपाली कांग्रेस प्रत्यक्षमा १८ सिट र समानुपातिकमा २० सिटसहित कुल ३८ सिट ल्याएर दोस्रो दल, नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रत्यक्षमा नौ सिट र समानुपातिकमा १६ सिट ल्याएर कुल २५ सिटसहित तेस्रो दल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रत्यक्षमा आठ सिट र समानुपातिकमा नौ सिट ल्याएर कुल १७ सिटसहित चौथो दल, श्रम संस्कृति पार्टी कुल सात सिट ल्याएर पाँचौँ दल र राष्ट्रिय प्रजातन्त्र पार्टी कुल पाँच सिट पाएर छैटौँ दल हुन पुगेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *