लास बोकेको हेलिकप्टर खोटाङमा दुर्घटनाग्रस्त
No ads found for this position
No ads found for this position
खोटाङ । खोटाङमा हेलिकोप्टर दुर्घटनामा परेको छ । काठमाडौंबाट शव बोकेर आएको हेलिकप्टर खोटाङमा दुर्घटना भएको हो ।
एयर डाइनेस्टीको हेलिकप्टर केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा दुर्घटना भएको हो ।
बारीमा अवतरण गर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । सुरुमा बारीको डिलमा अवतरण भएको हेलिकप्टर पुनः उठाएर बीचमा लैजान खोज्दा दुर्घटना भएको हो ।
हेलिकप्टरमा चालक सविन थापासहित ६ जना सवार थिए । दुर्घटना परि १ यात्रु काजीबहादुर राई घाइते भएका छन् ।
प्रतिक्रिया


