कोशी एक्सिलेन्स अवार्डको तयारी अन्तिम चरणमा

No ads found for this position
No ads found for this position

इटहरी । कोशी प्रदेशका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘कोशी एक्सिलेन्स अवार्ड’को तयारी अन्तिम चरणमा पुगेको छ ।

यसअघि फागुन ७ गते तय गरिएको कार्यक्रम प्रतिनिधिसभा निर्वाचनको आचारसंहिताका कारण स्थगित भई अब चैत्र ७ गते आयोजना हुने भएको हो । अवार्ड कार्यक्रम नयन मिडिया फाउण्डेशनले आयोजना गर्न लागेको हो । फाउण्डेशनका अध्यक्ष पवन अधिकारी का अनुसार यस वर्षको कार्यक्रम अघिल्ला संस्करणभन्दा थप भव्य, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्ने तयारी गरिएको छ । उनले हाल अवार्ड निर्माणदेखि कार्यक्रम व्यवस्थापनसम्मका सबै काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।

“उत्कृष्टता, नेतृत्व र नवप्रवर्तनको उत्सव” भन्ने नारासहित आयोजना हुने अवार्डमा विभिन्न १६ विधामा पुरस्कार प्रदान गरिनेछ । साथै कोशी प्रदेशका १० भन्दा बढी व्यक्ति तथा संस्थालाई विशेष सम्मानसमेत गरिने आयोजकले जनाएको छ । कार्यक्रम इटहरीस्थित सोल्टी वेस्टेन्ड मा आयोजना हुनेछ ।

अवार्डलाई सफल बनाउन विभिन्न क्षेत्रका संस्थाहरूले साझेदारी गरेका छन् । कोशी प्रदेशमै सञ्चालित प्रदेश खबर टाइटल स्पोन्सरको रूपमा जोडिएको छ । त्यस्तै सामाजिक सुरक्षा कोष सँगको सहकार्यले कार्यक्रमलाई थप संस्थागत र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ ।
कार्यक्रम कोशी प्रदेश पर्यटन वर्ष २०८२ को सन्दर्भमा आयोजना हुन लागेको हो । आयोजकका अनुसार यसले प्रदेशको पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने विश्वास गरिएको छ । इटहरी उपमहानगरपालिकाको प्रवर्द्धनले स्थानीय तहको सहभागिता पनि सुनिश्चित भएको छ ।

अन्तर्राष्ट्रिय उडान साझेदारका रूपमा नेपाल एयरलाइन्स जोडिएको छ भने एक्सक्लुसिभ पार्टनरका रूपमा नेपाल बैंक लिमिटेड, निमाटो टायल्स र प्रिमियर स्टिल रहेका छन् । नेपाल बैंक लिमिटेडले देशभर शाखा सञ्जाल विस्तार गर्दै वित्तीय क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको छ ।
बैंकिङ क्षेत्रमै हिमालयन बैंक बैंकिङ पार्टनरको रूपमा जोडिएको छ भने ज्योति विकास बैंकले पनि कार्यक्रमलाई साथ दिएको छ । यी बैंकहरूले डिजिटल बैंकिङ तथा वित्तीय समावेशीकरणमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन् ।

हवाई सेवा क्षेत्रमा यति एयरलाइन्स पनि साझेदार बनेको छ । उद्योग क्षेत्रमा बजरङ्ग स्टिल, प्रिमियर स्टिल र एशियन पेन्ट्स नेपाल जस्ता प्रतिष्ठित कम्पनीहरूको सहभागिता रहेको छ, जसले निर्माण तथा औद्योगिक क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएका छन् ।

स्वास्थ्य क्षेत्रमा नवदृष्टि आँखा अस्पताल सहभागी बनेको छ । यस अस्पतालले आधुनिक प्रविधिमार्फत हजारौँ बिरामीलाई सेवा दिँदै आएको छ । बीमा क्षेत्रमा एनएलजी इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सहभागिता रहेको छ भने आतिथ्य क्षेत्रमा स्काइ लक्स होटल र होटल भेरान्डा जस्ता प्रतिष्ठानहरू जोडिएका छन् । उद्योग क्षेत्रबाट अरिहन्त मल्टी–फाइबर्स जूट उद्योग सहभागी भएको छ । यस उद्योगले वातावरणमैत्री उत्पादनमार्फत रोजगारी सिर्जना गर्दै आएको छ । युवा उद्यमशीलता प्रवर्द्धनका लागि सीएनआइवाइएफ कोशी को सहकार्य रहेको छ । डिजिटल सेवा क्षेत्रमा नेपाल पे पेमेंट, नेपा एप तथा नेपाली पात्रो जस्ता प्लेटफर्महरू पनि साझेदारका रूपमा रहेका छन् । शिक्षा क्षेत्रमा इटहरी इन्टरनेसनल कलेज, नमुना कलेज, विश्व आदर्श कलेजलगायत संस्थाहरूले सहकार्य गरेका छन् ।

यसका साथै कृषि, स्वास्थ्य, निर्माण, पर्यटन, बीमा, वित्त, प्रविधि तथा शिक्षा क्षेत्रका दर्जनौँ संस्थाहरू कार्यक्रमसँग आबद्ध भएका छन् । आयोजकका अनुसार यस्ता विविध क्षेत्रका प्रतिष्ठित संस्थाहरूको सहभागिताले अवार्डलाई अझ प्रभावकारी र दीर्घकालीन बनाउने अपेक्षा गरिएको छ ।

कार्यक्रमको व्यवस्थापन काफल्स ले गरिरहेको छ। अवार्डका निर्देशक सन्तोष धमलाका अनुसार कार्यक्रमको सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय पक्ष सुनिश्चित गरिएको छ ।

अवार्ड समारोह विभिन्न टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिनेछ । आयोजकका अनुसार यसले कार्यक्रमलाई देशभरका दर्शकमाझ पु¥याउनेछ । कोशी प्रदेशका विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्दै प्रेरणा दिने उद्देश्यले सुरु गरिएको यो कार्यक्रम पछिल्ला वर्षहरूमा प्रदेशकै प्रतिष्ठित अवार्डका रूपमा स्थापित हुँदै गएको छ । आयोजकले यसपटकको संस्करणले अझ व्यापक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *