पूर्वप्रधानमन्त्री ओलीलाई भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल (तस्बिरहरु)
No ads found for this position
No ads found for this position
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पितृशोकमा रहेका पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति गुन्डु पुगेर समवेदना प्रकट गरेका छन् ।

राष्ट्रपति पौडेलले अध्यक्ष ओलीलाई भेटी उनका पिताको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे । अध्यक्ष ओलीका पिताको निधनले सिंगो परिवारमा पर्न गएको अपूरणीय क्षतिप्रति राष्ट्रपतिले गहिरो सहानुभूति व्यक्त गरे ।
ओलीका पिता मोहनप्रसाद ओलीको शुक्रवार ९७ वर्षको उमेरमा निधन भएको थियो।

प्रतिक्रिया


