भण्डारीले बाटोमै जन्माइन् बच्चा, नेतृत्व फेरिए पनि बाजुरा फेरिएन

No ads found for this position
No ads found for this position

बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा एक गर्भवती महिलाले बिच बाटोमै बच्चा जन्माएकी छन् । सोही पालिकाको वडा नम्बर-२ भैसागाडकी २६ वर्षीया दोइला भण्डारीले बिच बाटोमै बच्चा जन्माएकी हुन् ।

सुत्केरी व्यथा लागेपछि बच्चा जन्माउन स्वास्थ्य संस्था जाँदै गर्दा उनले बिच बाटोमा बच्चा जन्माएकी हुन् । स्वास्थ्य संस्था टाढा हुँदा भण्डारीले बाटोमा बच्चा जन्माउनु परेको हो । भण्डारीले तेस्रो सन्तानको रूपमा छोरीलाई जन्मिएकी हुन् । उनका दुई छोरी समेत छन् ।

गाउँबाट फायल गाउँ आधारभूत स्वास्थ्य चौकी जाँदैगर्दा स्वास्थ्यकर्मीको सहायताले उनले बाटोमै बच्चाको जन्म दिइन् । सुत्केरी गराउन स्वास्थ्य संस्था लैजाँदैगर्दा भण्डारीले बाटोमै छोरी पाएको फायल गाउँ आधारभूत स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी विस्ना रोकायाले जानकारी दिइन् ।

उनका अनुसार,स्वास्थ्य संस्था पुग्न नसक्दा थुम्का सिउँड भन्ने ठाउँमा भण्डारीले बच्चा जन्माएको बताएकी छन् । अत्यधिक व्यथा बढेपछि बाटोमै प्रसूति गराइएको स्वास्थ्यकर्मी रोकायाले जानकारी दिएकी छन् । बाटोमै प्रसूति सेवा दिइएको स्वास्थ्यकर्मी रोकायाको भनाई छ । अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको छ ।

स्थानीयको सहयोग र स्वास्थ्यकर्मी रोकायाको सक्रियतामा सुत्केरी महिला भण्डारीको सुरक्षित रूपमा प्रसूति गराइएको हो । स्वास्थ्यकर्मी रोकायाले आवश्यक सावधानी अपनाउँदै बाटो छेउमा रहेको गाई गोठ नजिकै सुरक्षित रूपमा बच्चा जन्माउन सहयोग गरेकी थिइन् ।

दुर्गम ठाउँमा स्वास्थ्य सेवा पहुँचको समस्याले बाटोमै बच्चा जन्माउने समस्या विकराल बन्दै गएको स्थानीय केशव भण्डारीले बताए ।

उनका अनुसार बाजुरामा पटक-पटक नेतृत्व फेरिए पनि बाजुरा नफेरिएको जानकारी दिए । गाउँबाट स्वास्थ्य संस्था टाढा हुनु,यातायातको सुविधा नहुनुले दुर्गमका आमाहरू बाटोमै बच्चा जन्माउन बाध्य छन् ।

कठिन परिस्थितिमा धैर्यतापूर्वक सेवा दिँदै आमा र शिशुको ज्यान बचाउन सफल भएकी स्वास्थ्यकर्मी विष्णा रोकायाको प्रशंसा गरिएको छ ग्रामीण तथा दुर्गम क्षेत्रमा मातृ तथा शिशु स्वास्थ्य सेवा अझै सहज र पहुँचयोग्य बनाउन आवश्यक रहेको स्पष्ट देखिन्छ।बाजुरामा यो केवल एक उदाहरण मात्रै हो, यस्ता थुप्रै घटनाहरू बाजुरामा छन् ।

बाजुरामा बाटोमा सुत्केरी हुनेको यकिन तथ्याङ्क नभए पनि एक महिनामा दुईदेखि तिन जना महिला बाटोमै सुत्केरी हुने गरेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । सरकारले हवाई उद्धार कार्यक्रम सञ्चालन गरे पनि बाजुराका आमाहरूले बाटोमै बच्चा जन्माउने र मर्ने क्रम रोकिएको छैन् ।

बाजुरामा भौगोलिक विकटता, गुणस्तरीय स्वास्थ्य सेवा पहुँचबाट वञ्चित, नियमित गर्भ जाँचको कमी, कडा परिश्रम, कम उमेरमै बच्चाको जन्म, पौष्टिक आहारको कमीलगायत कारणले सुत्केरीको ज्यान जोखिम पर्ने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *